मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुसरमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा १५ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
शनिबार आएको नतिजामा कोरोना पुष्टि हुनेमा हेटौंडाउपमहानगरका ६ जना, मनहरी गाउँपालिकाका ७ जना, हेटौंडामा कामको शिलशिलामा वस्ने पर्सा र बारा जिल्लाका एकएक जना गरी १५ जनामा कोरोना पुष्टि भएको चौलागाईले बताउनुभयो ।







