रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गयो

जनपत्र
२७ भाद्र २०७७, शनिबार ०९:४५

रोल्पा – रोल्पाको लुङ्ग्री गाउँपालिका १ पाँङ ऐपेमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।

घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक सहदेव डाँगीसहितको टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो ।

हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य छ । मृतकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङ्ग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*