सम्बन्ध सुधार गर्न इजरायल र बहराइनबीच सहमति
काठमाण्डौ – इजरायल र बहराइनबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक सम्झौता गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको एक महिनाभित्र दुई देशबीच शान्ति सम्झौता हुने दाबी गर्नु भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले सम्बन्ध सुधारका लागि अर्को एउटा देशसँग सम्झौता भएको भन्दै उत्साहजनक प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।
उहाँले यो सम्झौता एक नयाँ युग र शान्ति तथा अर्थव्यवस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण भएको बताउनु भएको छ ।
यसअघि संयुक्त अरब इमिरेट्स यूएईले इजरायलसँग सम्बन्ध सुधारका लागि सहमति गरेको थियो ।






