पानी थापेको निहुँमा घरबेटीले आग्लोले हिर्काए, डेरा सर्ने तयारी गरिरहेका चौधरीको मृत्यु

जनपत्र
२७ भाद्र २०७७, शनिबार ०६:१८

राजधानीको कीर्तिपुरमा शुक्रबार दिउँसो पानी थापेको निहुँमा घरबेटीले आग्लोले हिर्काउँदा एक व्यक्तिको ज्यान गएको छ।बाराको कलैया स्थायी घर भएका ४८ वर्षीय शम्भु चौधरी आग्लोले लागेलगत्तै ढलेपछि उनलाई तत्कालै अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रमुख रुपेश तन्डुकारले जानकारी दिए। आग्लोले हान्ने ६६ वर्षीय प्रेमकृष्ण महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घरबेटी महर्जनसँग लामो समयदेखि सम्बन्ध बिग्रिएकाले चौधरी परिवार शुक्रबार कोठा सर्ने तयारीमा थियो। कोठा सर्नेक्रममा शम्भुले पानी थापिरहेका बेला अगाडि आइपुगेका महर्जनसँग विवाद भएको र झगडा बढ्दै जाँदा घरबेटीले आग्लोले हिर्काएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*