ट्रिपरले ठक्कर दिँदा प्राइम टिभीका दृश्य-सम्पादक अनिल गौतमको निधन
प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक ९भिजुअल(एडिटर० अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल ९बा २९ प १४७९० लाई ट्रिपर ९प्रदेश ३ ०१ क ४५६३० ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स(परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।
गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रि।वि। शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । अस्पतालमा प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सिईओ निर्जल श्रेष्ठ र सहकर्मीहरु पुगेका थिए ।






