भक्तपुरमा एकै घरका ३ जना मृत भेटिए
भक्तपुरको मध्यपुर थिमिमा एकै घरका तीन जना मृत भेटिएका छन् । थिमि नगरपालिका वडा नम्बर ९ मा सुदीप अधिकारी, उहाँकी श्रीमती सुशीला र छोरा सुशान्तको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा घटना केही दिनअघि भएको हुन सक्ने अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दीपक थापाले जानकारी दिनुभयो ।
दोस्रो तलामा कुकुर र सुशीला तथा तेस्रो तलामा सुदीप र सुशान्तको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको पनि एसएसपी थापाले बताउनुभयो ।






