मकवानपुरमा आज सम्मकै धेरै थप ९५ जनामा कोरोना संक्रमण पुष्टि, आज थपीएका सबै हेटौंडाका
हेटौंडा । मकवानपुरमा आज सम्ममा सबै भन्दा धेरै ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु सबै भन्दा धेरै युवा अवस्थाका रहेका छन् । देशैभरमिा पनि आज धेरै जनामा संक्रमण देखिएको छ । मकवानपुरमा पनि कोरोना संक्रमण भएदेखि अहिले सम्म धेरे जानमा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
आज थपीएका सबै संक्रमित हेटौंडाका रहेका छन् । भदौ २४ र २५ गते स्वाब संकलन भएकाका १९७ जनाको रिपोर्ट विहिबार सार्वजनिक गरेको जनाईएको छ । हेटौंडा ४ र १० मा धेरै कोरोना संक्रमित देखिएका छन् ।
कोरोना संक्रमितको विस्तृत विवरण यस प्रकार रहेको छ ।







