हिरासतमा युवकको मृत्यु प्रकरण : शव दुई सातादेखि काठमाडौंमै

जनपत्र
२६ भाद्र २०७७, शुक्रबार १०:१६

रौतहट — हिरासतमा मृत्यु भएका विजय महराको शव परिवारले बुझ्न नमान्दा दुई सातादेखि काठमाडौंमै छ । अपराध स्विकार्न प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका उनीहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

रौतहट — हिरासतमा मृत्यु भएका विजय महराको शव परिवारले बुझ्न नमान्दा दुई सातादेखि काठमाडौंमै छ । अपराध स्विकार्न प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका उनीहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा भोलिपल्ट इलाका प्रहरी गरुडाले विजयलगायत सात जनालाई पक्राउ गरेको थियो । भदौ २ गते विजयलाई जिल्ला प्रहरी गौरबाट खटेको प्रहरी निरीक्षक नवीनकुमार सिंहसहितको टोलीले महिला सेलको हिरासत कक्षमा कुटेर हत्या कबुल गर्न लगाएको परिवारको आरोप छ । यही क्रममा उनी गम्भीर बिरामी परे । भदौ ४ गते राति उपचारका लागि वीरगन्ज पुर्‍याइएका विजयको १० गते बिहान मृत्यु भयो । त्यसपछि गरुडामा प्रहरीविरुद्ध प्रदर्शन सुरु भयो । परिवारको मागअनुसार त्यसै बेला उनको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगियो । अहिले पनि शव त्यहीँ छ ।

परिवारले छोरालाई यातना दिने सुरक्षाकर्मीविरुद्ध मुद्दा दर्ता, उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन, सहिद घोषणा, निरञ्जनको हत्यामा संलग्न दुई जना फरार रहेकाले उनीहरूलाई पक्राउ गर्नुपर्नेलगायत माग राखेका छन् । विजयलाई कुटपिट गरेको आरोप लागेका प्रहरी निलम्बनमा परिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयको शव अहिलेसम्म काठमाडौंमै रहेको बताए । प्रहरीले हत्यामा संलग्न भन्दै पक्राउ गरेका ७ जनालाई कर्तव्यज्यान मुद्दा चलाइसकेको छ । विजयका बुबा पनिलालले माग पूरा नभएसम्म छोराको शव नबुझ्ने बताए । ‘मेरो छोरालाई प्रहरीले कुटेर मार्‍यो । जबरजस्ती हो भन्न लगाउने यो कस्तो अनुसन्धान हो,’ उनले भने, ‘जबसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुँदैन तबसम्म शव बुझ्दिनँ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*