आज चार वटा प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने
काठमाण्डाै – आज प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदाे तीन दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले जनाएको छ । यसैबीच राति देशका केही ठाउँमा ठूलो पानी परेकाले बाढीपहिरो र डुबानको खतरा रहेको छ । राति नवलपरासी, रूपन्देहीको सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बाग्लुङ, पर्वत,म्याग्दी आसपास ठूलो वर्षा भएको र पहिराेकाे सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
तिनाउ, कञ्चनखोला, वाणगंगालगायत रुपन्देही कपिलवस्तु भएर बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले चनाखो रहन शाखाको सुझाव छ ।






