कुल कोरोना संक्रमितको २६ प्रतिशत बागमती प्रदेशमा, अरु प्रदेशको तुलनामा बागमतीमा संक्रमण दर दिनहुँ बढ्दै
हेटौंडा । देशैभरीका कोरोना भाइरस संक्रमित मध्यमा २५ दशमलब ९८ प्रतिशत बागमती प्रदेशमा पुष्टि भएका छन् । पछील्ला दिनहरुमा अरु ६ वटा प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोना संक्रमित वढी पुष्टि भएका छन् । देशैभरीमा ५० हजार ४ सय ६५ जना संक्रमित मध्यमा बागमती प्रदेशमा १३ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ९४ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ६ सय जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।
प्रदेशमा ६ हजार ७ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।






