मकवानपुरका बजारहरु आजबाट दुइचरणमा खुले, सवारी साधनमा जोरविजोर

हेटौंडा बाहेकका अरु नौ वटा स्थानीय तहहरुले भने बजारमा भिड नहुनेगरी बजार खोल्ने आफ्नै मापदण्ड वनाउन सक्नेछन् ।
जनपत्र
२६ भाद्र २०७७, शुक्रबार ०७:२१

हेटौंडा । मकवानपुरको सदरमुकाम हेटौंडा बजार आजबाट दुइचरणमा खुलेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडा बजार दुईचरणमा खोल्ने निर्ण गरेसंगै आज बिहानैबाट बजार निर्वाद रुपमा सञ्चालनमा आएका छन् ।

जिल्लका दश वटै स्थानीइ तहका लागि यो नियम वनाएपनि हेटौंडा बाहेकका अरु नौ वटा स्थानीय तहमा भने बजारमा भिड नहुनेगरी दिनैभर पनि सबै पसल खोल्न सक्ने निर्णय गर्न सक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । पहिलेको तुलनामा आजबाट मकवानपुरमा बजार खुल्ने समय बढाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बिहान बसेको सर्वपक्षीय बैठकले आजबाट दुई चरणमा खोल्ने गरी बजार खुल्ने समय बढाएको थियो ।

यसअघि हिजो सम्म बिहान ५ बजेबाट १० बजेसम्म बजार खुल्दै आएकोमा अब बिहान र दिउँसो गरी २ समयमा मकवानपुरमा व्यवसायहरु खुल्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छ भने बिहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछन् । बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछन् । प्रशासनले निजी सवारीलाई जोर विजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागु हुने बताइएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही क्षेत्र भने अर्को सूचना नभएसम्म सञ्चालन नहुने जनाएको छ । प्रशासनले शैक्षिक संस्था, धार्मिक एवं सामाजिक स्थल, सैलुन, पार्लर, स्वीमिङ पुल, सपिङ मल, जिमखाना लगायतका क्षेत्र अर्को सूचना नभएसम्म सञ्चालन नहुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*