३५ हजार ७ सय कोरोना संक्रमित निको भए

जनपत्र
२५ भाद्र २०७७, बिहीबार २०:४९

काठमाडौँ — नेपालमा हालसम्म ३५ हजार ७ सय जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७० प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३५ हजार नाघेको हो ।

बुधबार कोरोनाबाट मुलुकभर ९ सय १८ जना निको भएका थिए । यस्तै, मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना सक्रिय संख्या रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको मिडिया ब्रिफिङमा बताएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८०६ जना पुगेको छ ।

हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ८ लाख १० हजार ४ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*