मकवानपुरमा आज एकै दिन ५१ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुर जिल्लामा आज एकै दिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा ३४ जना पुरुष र १७ जना महिला रहेका छन् । आयुर्वेद्ध तथा जनसंख्या प्रर्वद्धन शाखा हेटौँडाले दिएको जानकारी अनु्सार आज आएको रिर्पोटमा ५१ जनामा पोजेटिभ देखिएको हो ।
आज संक्रमण पुष्टि हुनेहरुमा राक्सीराङ गाउँपालिकाका ६ जना, बकैयाँ गाउँपालिकाका १ जना, मकवानपुर गढी गाउँपालिकाका एक जना, सिंधुली घर भएका हेटौंडामा कार्यरत १ जना, हेटौंडा औद्योगिक क्षेत्रका मजदुर तथा यही वडाका संक्रमित गरेर १० जना र अरु सवै हेटौंडा उपमहानगरपालिका क्षेत्रका संक्रमित रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यही भदौ २२, २३ र २४ गते स्वाब दिएकाहरुको रिपोर्ट आज प्राप्त भएको हो ।
आज संक्रमण पुष्टि भएकाहरुको वडागत विवरण यस प्रकार रहेको छ ।







