बागमती प्रदेशमा ७६ हजार ५१४ जनाको पीसीआर जाँच, १२ हजार ५१५ जनामा संक्रमण पुष्टि

जनपत्र
२५ भाद्र २०७७, बिहीबार ०८:१०

हेटौंडा । बागमती प्रदेशमा ७६ हजार ५ सय १४ जनाको पीसीआर जाँच गरिएको छ । कोरोनाको संका लागेका बिरामी र संक्रमित संग कन्ट्रयाक टे«सिङमा परेकाहरु समेतगरी सुरुदेखि अहिले सम्म ७६ हजार जना भन्दा धेरैको कोरोना जाँच गरिएको हो ।

कोरोना जाँचको क्रममा १२ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ९० जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ५ सय १५ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा १२ हजार ५ सय १५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा ५ हजार ९७ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । नेपालभरीमा ४९ हजार २ सय १९ जना कोरोना संक्रमित हुँदा यस प्रदेशमा कुल संक्रमितको २५ दशमलव ४३ प्रतिशत देखा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*