संसारकै पहिलो ‘गेम ब्वाई’, जसमा ‘गेम’ खेल्न चाहिँदैन ‘ब्याट्री’
गेमिङ डिभाइसको ब्याट्री ब्याकअप जति सुकै राम्रो किन नहोस्, तर धेरै गेम खेलेपछि ब्याट्री छिटै बिग्रिन्छ । तर अब भने यस्तो गेम ब्वाई बनेको जसबाट गेम खेल्दा ब्याट्रीको कुनै आवश्यक पर्दैन । शोधकर्ताहरुले पहिलो पटक ब्याट्री मुक्त, उर्जा सञ्चयन, इन्टरेक्टिभ डिभाइस विकसित गरेका छन् । यो डिभाइसबाट अब बिना ब्याट्रीको चिन्ता गेम खेल्न सकिनेछ ।
८ बटि निन्टेण्डो गेम ब्वाईको जस्तै देखिने यो डिभाइस नर्थवेस्र्टन यूनिभर्सिटीका शोधकर्ता र नेदरल्याण्डमा डेल्फ्ट यूनिभर्सिटी अफ टेक्नोलोजीका शोधकर्ताहरुले मिलेर बनाएका हुन् । यो गेम ब्वाई डिभाइस सूर्यको उर्जाबाट चल्छ ।
एजेन्सीको सहयोगमा






