मकवानपुरमा आज एकै दिन ४६ जनामा कोरोना संक्रमण पुष्टि, बेलुकी हेटौंडामा थपीए ३२ जना संक्रमित
हेटौंडा । मकवानपुरमा आज एकै दिन थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दिउसो र अहिले बेलुकी समेतगरी एकै दिनमा ४६ जना संक्रमित थपीएका हुन् । बेलुकी मा ३२ जना हेटौंडाका विभीन्न वडाका कोरोना संक्रमित थपीएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले वताउनुभयो । आज दिउसो भने १४ जना मकवानपुरका बिभीन्न स्थानीय तहबाट थपीएका थिए ।








