मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपीए तीन जना डाक्टर

जनपत्र
२४ भाद्र २०७७, बुधबार १९:३८

हेटौंडा । बागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडा अस्पतालमा तीन जना डाक्टर आज थपीएका छन् । तीनै जना विशेसज्ञ डाक्टर हुन् । डाक्टर लोकेश भुजेल, डाक्टर निशल खनाल सर्जन र डाक्टर प्रशान्त बिडारीआजबाट हाजिर हुनु भएको हो । तीन जना बिशेषज्ञ डाक्टर थपीएसंगै अस्पतालमो सेवा झनै प्रभाबकारी रुपमा अडाढी वढ्ने मदनभण्डारी प्रतिष्ठानका निर्देशक डाक्टर हरिबहादुर खड्काले वताउनुभयो ।

उहाहरुलाइ उपकुलपती प्राध्यापक डाक्टर विश्व राज जोशी, रजिस्तार राजेश प्रसाईं लगायत अस्पतालका कर्मचारीहरु स्वागत गर्नुभएको थियो । हेटौंडा अस्पताललाई प्रतिष्ठानको रुपमा अगाढी वढाएपछी सेवा विस्तार हुने र थप जनसक्तिले काम गर्ने डाक्टर खड्काले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*