बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या १२ हजार नजिक, ५ हजार जना डिस्चार्ज, ८८ जनाको मृत्यु
हेटौंडा । कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ८८ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ४ सय ७८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा ११ हजार ९ सय २३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।
प्रदेशमा ५ हजार ४ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । नेपालभरीमा ४८ हजार १ सय ३८ जना कोरोना संक्रमित हुँदा यस प्रदेशमा कुल संक्रमितको २४ दशमलव ७६ प्रतिशत देखा परेका छन् ।






