नागरिकता मुद्धामा हेटौंडाका उद्योगी विके बोस पक्राउ

जनपत्र
२३ भाद्र २०७७, मंगलवार १३:१६

हेटौंडा । नागरिकता लिदा झुटो विवरण पेस गरेको आरोपमा हेटौंडाका उदोगी बिके बोसलाई प्रहरीले पक्राउ गरेर रौतहट पठाएको छ । रौतहटको जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाले उनलाई पक्राउ गरेर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो ।

बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र गर्दोइमा रहेको नारायणी मिल्कका संचालक हुनुहुन्छ । व्याडमिन्टन खेलमा ख्याती प्राप्त राष्ट्रियस्तरका खेलाडिका रुपमा सबैले चिन्ने गरेका छन् । हेटौंडाका औदोगिक क्षेत्रका उद्योगी ५९ वर्षीय विप्लपकान्ती (विके बोस) नागरिकता मुद्धामा आज पक्राउ गरिएको उहाँले वताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा बोसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको टोलीले हेटौंडा–५ गर्दोईबाट पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*