हेटौंडाका २२८ जना कोरोना संक्रमित होम आइसोलेसनमा, संक्रमित घरबाहिर निस्कन थाले

कोरोना संक्रमित बिहानी यात्रामा हिड्ने, तरकारी खरिद गर्न बजार निस्कने, अरुको बगैचाको फूल टिपेको गुनासा आउन थालेका छन् ।
जनपत्र
२३ भाद्र २०७७, मंगलवार ०८:२२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका २ सय २८ जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमण पुष्टि भएपछी होम आइसोलेसनमा वसेकाहरु अधिकांशले मापदण्ड पुरा नगरी वस्ने गरेका छन् । होम आइसोलेसनमा बस्दा न्युनतम मापदण्ड समेत पुरा नगरेको पाइएको छ । होम आइसोलेसनमा बसेकाहरु घरबाट बाहिर समेत निस्कने गरेको गुनासो प्राप्त भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

कोरोना भाइरस संक्रमण भएपछी वा भाइरसको संक्रमणको लक्षण देखापरेछी स्वाब दिएकाहरु घरमै सुरक्षित तरिकाले वस्नुपर्ने हुन्छ । तर, स्वाब दिएकाहरु अधिकांश सुरक्षित तरिकाले क्वारेन्टीनमा वस्ने गरेका छैनन् । यता कोरोनाको संक्रमण पुष्टि भएकाहरु समेत होम आइसोलेनमा वसेको भनेर मर्डिङवाकमा हिड्ने, सामान खरिद गर्न पसल जाने, पुजा गर्नका लागि भन्दे अरुको बगैचामा फूल टिप्न जाने खालका गुनासा प्राप्त भएको चौलागाईले वताउनुभयो ।

पछील्ला दिनहरुमा कुन्घरमा कोरोना संक्रमित छन् भन्नेकुार छिमेकीलाई समेत जानकारी नहुनु र उनीहरुको नाम समेत गोप्य राख्नाले कसलाई संक्रमण छ भन्ने कुरा यकीन हुन छाडेकाले संक्रमितहरु घरबाहिर निस्कन थालेका हुन् ।

कोरोना संक्रमितका पनि आफ्नै बाध्यता रहेको सुनाउँछन् । घरपरिवारका सबैजसो सदस्य संक्रमित हुने दैनिक गर्नुपर्ने काम गर्नका लागि पनि समस्या हुनेभएपछी घरबाहिर समेत निस्कने गरेका छन् । घरका एक जना परिवारलाई कोरोना संक्रमण भएमा अरु सदस्यलाई पनि हेटौंडामा कोरोना संक्रमण हुने गरेका पर्याप्त घटना रहेका छन् । कोरोना संक्रमण भएका मकवानपुरका ४ सय १४ जना डिस्चार्ज भएका छन् । हेटौंडाको गौरीटार आइसोलेसनमा ८२ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*