कोरोनाभाइरस र संक्रमितको मृत शरिरबारे ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाउने पक्राउ

महामारीका क्रममा ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाउने ५१ वर्षिय पुरुष पक्राउ परेका छन् । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु झिकेर बेचबिखन भईरहेको भन्दै आम(सर्वसाधारणलाई दिगभ्रमित गराउने तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरेको अभियोगमा सुबास सुब्बा लिम्बुलाई ललितपुर नक्खिपोटबाट पक्राउ गरिएको छ ।
एक थ्यगत्गदभ ऋजबललभ िमा उनले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘कोरोना नै छैन सरकारले हावा पिटेको छ । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु ९किडनी ,आँखा, लिभर० झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ’ भन्ने ‘मनगढन्ते भ्रामक हल्ला’ फिजाएर समाजमा उत्तेजना फैलाउने, तर्साउने, आम(सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोनाभाइरस संक्रमणबारे अवैज्ञानिक हल्ला फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरी सार्वजनिक शान्ती भंग गर्ने कार्यमा संलग्न ५१ वर्षिया सुब्बा आफुलाई प्राकृतिक डाक्टरको रुपमा परिचय गराउँदै आएका छन् ।
तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुबास सुब्बा लिम्बुलाई आज ललितपुर प्रहरीले नक्खिपोटबाट पक्राउ गरी थप अनुसन्धानका गरी कारवाही अगाडी बढाउन प्रहरी परिसर ललितपुर पठाएइको छ ।