बागमती प्रदेशमा ११ हजार ४४५ जना कोरोना संक्रमित, ४ हजार १५० जना डिस्चार्ज, ८६ जनाको मृत्यु

हेटौंडा । कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ८६ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ४ सय १४ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा ११ हजार ४ सय ४५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।
प्रदेशमा ४ हजार १ सय ५० जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । नेपालभरीमा ४७ हजार २ सय ३६ जना कोरोना संक्रमित हुँदा यस प्रदेशमा कुल संक्रमितको २४ दशमलव ४२ प्रतिशत देखा परेका छन् ।