एकैदिन १७३६ जना डिस्चार्ज, ९७९ जनामा काेराेना पुष्टि

जनपत्र
२२ भाद्र २०७७, सोमबार १७:१२

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा नाै हजार दुई सय १८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै सय ७९ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।

अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ३९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*