बाँकेमा कोरोना संक्रमणबाट ५९ वर्षीय पुरुषको मृत्यु

जनपत्र
२२ भाद्र २०७७, सोमबार १०:०३

नेेपालगन्ज — बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय  पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार ८ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । योसँगै बाकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या सात पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*