चितवनमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

जनपत्र
२२ भाद्र २०७७, सोमबार ०७:२६

चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ।

आइतबार राति चितवन मेडिकल कलेजको प्रयोगशालाबाट प्राप्त रिपोर्टमा चितवनका १९ जनासहित ३० जनामा संक्रमण पुष्टि भएको थियो।

चितवनमा सक्रिय संक्रमितको संख्या ८१३ रहेको छ। १८० जनालाई कोरोना निको भएको छ।

भरतपुर महानगरपालिकामा मात्रै संक्रमितको संख्या ६५७ पुगेको छ।  ५४२ जना हाल आइसोलेसनमा छन्।

कोरोना संक्रमणबाट चितवनका १२ जनाले ज्यान गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*