पुजारी हत्या सम्बन्धमा गलत रिपोर्ट दिनेलाई कारवाहीको माग
गरुडाका ‘निरन्जन राम’हत्याको अनुसन्धानमा रौतहट प्रहरीको गलत भूमिकाको कारणले बिजय रामको मृत्यु भएको चर्चा सेलाउन नपाउँदै फेरि ‘पुजारी श्रीराम साह हत्याकाण्ड’मा पनि प्रहरीको भूमिकामाथी गम्भिर प्रश्न उठन थालेको छ । पुजारी हत्याकाण्डमा रौतहट प्रहरीले गरेको छानबिन एवम् अनुसन्धानको हवाला दिंदै प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ लिखित प्रतिवेदन सार्वजनिक गर्र्यो ।
पारिवारिक सदस्यहरुका अनुसार प्रहरीद्वारा हिरासतमा लिइएकाहरुसँग पुजारी साहको कुनै लेनदेन नै भएको छैन । जसको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको माता पिता स्वयमले गरिसकेका छन । “हाम्रो बिचमा कुनै लेनदेन र झै(झगड़ा समेत नरहेको बताई रहेको अवस्थामा प्रहरीको उक्त प्रतिवेदनमाथी कसरी विश्वास गर्ने रु यहाँ त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएको स्पष्ट हुन्छ” प्रतिवादीका पिता बताउँछन् ।
“कुनै पनि घटनाको निष्पक्ष छानबिन गरि ‘दूधको दूध – पानीको पानी’ बाहिर ल्याउनु प्रहरीको कर्तव्य हो तर यसरी दिनदहाडै रातलाई दिन बताउने प्रहरीको कार्यलाई किमार्थ सही मान्न सकिन्न” स्वर्गीय पुजारी साहका छिमेकी बताउँछन् । “यस घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न जरूरी छ । यसप्रति नेपाल सरकार गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण होस्” स्वर्गीय पुजारी साहका परिवार तथा प्रतिवादीका परिवारले माग गरेका छन् ।
गत भाद्र ३ गते राती खाना खान भनी बसेको अवस्थामा पुजारी साहको कन्चटमा गोली हानी हत्या गरीएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । लाईभमाण्डुबाट






