मकवानपुरमा आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, २ वर्षिय बालक देखि ७३ बर्षिय बृद्धा सम्मलाई संक्रमण

हेटौंडा । मकवानपुर जिल्लामा आज एकै दिन थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । आज संक्रमण देखिएकाहरु २ वर्षिय बालक देखि ७३ वर्षिय बृद्धा सम्मलाई संक्रमण देखिएको छ ।
यही भदौ १९ गते स्वाब संकलन गरिएका २ सय ७५ जना मध्यमा ७२ जनामा संक्रमण देखा परेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभाये ।
आज थपीएका संक्रमितमा ४३ जना पुरुष र २९ जना महिला रहेका छन् । आज थएिका संक्रमितमा बालबालिका पनि परेका छन् । आज हेटौंडा संगै कैलाश गाउँपालिकाका ४ जना, मकवानपुर गढी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिका क्षेत्रका ४ जना रहेका छन् । अरु सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् ।