आज राति प्रदेश १, २ वाग्मती र गण्डकीमा ठूलो पानी पर्ने
काठमाण्डौ – अहिले प्रदेश १, २ र वाग्मती तथा गण्डकी प्रदेशको केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान छ । अबको २, ३ दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसमविद् पौडेलले बताउनुभयो।






