सीपीएल : सन्दीप लामिछाने आबद्ध जमैका तलावाज ७ विकेटले पराजित
काठमाण्डाै – क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ ।
बार्बाडोसका लागि ज्यासन होल्डर, जोशु विश्वप र हेडियन वाल्सले एक/एक विकेट लिएका थिए । १ सय ६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।
बार्बाडोसलाई जिताउन महत्वपूर्ण योगदान गरेका जेशन होल्डरको विकेट सन्दीपले लिएका थिए । यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।






