केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपील
प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरूको मौसमममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, २, बागमाती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा प्रदेश १, २, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।






