बाग्लुङ पहिरो : हराएकामध्ये १५ जनाको शव भेटियो, अझै २३ जना बेपत्ता

जनपत्र
२० भाद्र २०७७, शनिबार १५:३०

बाग्लुङ – गएको बुधबार रातिको बाढी र पहिराेले बाग्लुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा हराइरहेका २४ मध्ये थप एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोज्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो ।

शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताउनुभयो । पहिराेमा २३ जना अझै हराइरहेका छन् । हराएकामा १५ दिने शिशुदेखि वृद्धसमेत रहेका छन् । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी छ । भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

प्रहरीले हराएकाहरुको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*