पीसीआर परीक्षण गराउन रक्षामन्त्रीको सोर्स !

जनपत्र
२० भाद्र २०७७, शनिबार १४:४५

दाङ — घोराही उपमहानगरपालिका–१५ का दुर्गालाल जैसीलाई भदौ २ गते बेस्सरी ज्वरो आयो । स्वास्थ्यकर्मी भएकाले आफैं ज्वरो जाँचे । १ सय ४ डिग्री ज्वरो थियो । उनले सिटामोल खाए, ज्वरो कत्ति पनि कम भएन । ज्वरो नघटेपछि भदौ ३ गते घोराहीस्थित दीप ज्योति अस्पताल पुगे ।

फिजिसियन डा. मीनचन्द अधिकारीले जाँचे, डाक्टरले हिस्ट्री बुझे । जैसी साउन १९ गते गाडी दुर्घटनामा परेका आफन्तको उपचारका लागि भैरहवा गएका थिए । भैरहवाबाट फर्केपछि ज्वरो आएको भनेपछि डाक्टरले पीसीआर परीक्षण गर्न सुझाव दिए ।

जैसीले घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेलाई पीसीआर परीक्षण गराउने पहल गरिदिन अनुरोध गरे । उनले घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीलाई जानकारी गराए । पीसीआर परीक्षणको क्रममा छ भन्दै जैसीले तीन दिन कुरे । तीन दिनपछि जैसीले घर्तीलाई आफै फोन गरे । घर्तीले स्थानीय तहले ट्रेसिङको मात्रै काम गर्ने भएकाले आफैं घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर परीक्षण गर्न सुझाए । यतिबेलासम्म जैसीलाई स्वास फेर्न कठिन भइसकेको थियो । आफैं घरमै बाफ लिएर बसिरहेका थिए ।

उनी भदौ ७ मा प्रतिष्ठानमा पुगेर परीक्षण गराए । उनलाई डेंगु परीक्षण गर्न भनियो । डेंगु परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि केही भाको छैन भनेर घर पठाइयो । उनले पीसीआर परीक्षण गर्न भने पनि हुँदैन भनेर पठाइयो । जैसीको अवस्था नाजुक भइसकेको थियो । ज्वरो कत्ति पनि घटेको थिएन । श्वास फेर्न, हिँड्न कठिन हुन थाल्यो । उनलाई कोरोनाको शंका झन् बढ्न थाल्यो । भोलिपल्ट फेरि प्रतिष्ठानमा पुगेर जसरी पनि पीसीआर परीक्षण गरिदिन अनुरोध गरे । त्यतिबेलासम्म उनको अवस्था साह्रै बिग्रिसकेको थियो । प्रतिष्ठानले त्यत्तिकै पीसीआर परीक्षण गर्न मानेन ।

अन्तमा उनले आफ्ना साथी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलका प्रेस सहयोगी लोकेन्द्र केसीलाई समस्या सुनाए । पीसीआर परीक्षणका लागि भनिदिन अनुरोध गरे । उनले पोख्रेललाई भनेर प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीसमक्ष कुरा पुर्‍याए । त्यसपछि मात्रै उनको स्वाब लिइयो । ‘१२ घण्टापछि पीसीआर परीक्षणको रिपोर्ट आउने र पोजिटिभ भएमा मात्रै फोन गर्ने भनेर जानकारी दिए,’ जैसीले भने, ‘त्यसपछि म घर गएँ । एक दिन बित्दा पनि फोन आएन । मेरो ज्वरो घटेको थिएन । श्वासप्रश्वासमा झनै समस्या भइरहेको थियो । त्यसपछि अर्को दिन बिहानै ८ बजे श्रीमतीका साथमा प्रतिष्ठान पुगें ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*