मानव बेचबिखन विरुद्धको दिवस मनाइँदै, २१ जना महिलाको भारतबाट उद्धार
काठमाण्डाै – आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
उहाँले मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको बताउनुभएको छ । गरिबी र अशिक्षाको फाइदा उठाएर मानव बेचबिखन भइरहेको भन्दै मन्त्री गुरुङले यसको रोकथामको लागि शिक्षामा लगानी गर्नुपर्ने पनि बताउनुभयो ।
कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पुर्याइएका २१ जना महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।






