रेडक्रसको स्थापना दिवसका अवसरमा हेटौंडाको आइसोलेसनमा सहयोग

हेटौंडा । नेपालमा रेडक्रस सोसाइटीको स्थापना भएको अवसरमा आज हेटौंडाको गौरीटारमा रहेको आइसोलेसनमा सहयोग गरिएको छ । आज ५८ अौँ नेपाल रेडक्रस दिवसको अवसरमा आज बिहान हेटौंडा ६ गौरीटारमा रहेको आइसोलेसनमा रहेका संक्रमित हरूकालागि फलफूल वितरण गरिएको हो । रेडक्रसका केन्द्रीय सदस्य प्रताप बिष्टले कार्यक्रमको शुभारम्भ गर्नु भयो। सोही अवसरमा ८ जना महिला संक्रमितकोलागि ८ थान हाइजेनीक किट समेत वितरण गरिएको थियो।
रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा आइसोलेसन सहयोग समन्वय समितिका संयोजक अर्जुन चौंलागाईको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वास्थ्य संयोजक उत्सव चौंलागाई, स्वास्थ्यकर्मी र सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा कोभिड महामारीमा अग्र मोर्चामा रहेर सेवारत स्वास्थ्यकर्मी, स्वयम्सेवक तथा सुरक्षाकर्मीहरुलाइ तालि वजाएर सम्मान गरिएको थियो।
यसै गरि जिल्ला शाखामा रेडक्रसका कार्यबाहक सभापति लालबहादुर थापाको अध्यक्षतामा सम्पन्न रेडक्रस दिवस कार्यक्रममा रेडक्रसका संस्थापक हेनरी ड्युनाको तस्बिरमा रेडक्रसका केन्द्रीय सदश्य प्रताप विष्टले माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।उक्त अबसरमा रेडक्रसका निवर्तमान केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने सहित जिल्ला कार्समिति युवा सर्कल लगायतको उपस्थिति रहेको संक्षिप्त कार्यक्रम आज सम्पन्न भयो।