हेटौंडामा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा आज एकै दिन १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा पुरुषको तुलनामा महिला धेरै छन् । आज १० जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
पहिले पुरुष संक्रमित धेरै देखिने भएपनि आज भने महिला संक्रमित धेरै देखिएका छन् । यही भदौ १७ गते संकलन गरिएको स्वाब परिक्षणको रिपोर्ट आज प्राीत भएको हो । एक सय १७ जनाको स्वाब संकलन गरिएकोमा १९ जनामा संक्रमण फेला परेको हो ।
पछील्ला दिनमा कोरोना संक्रमित धेरै देखिन थालेकाले साबधानी अपनाउनका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ ।







