ललितपुर महानगरको चक्रपथ क्षेत्रभित्र आज राति १० बजेसम्म कर्फ्यू

जनपत्र
१९ भाद्र २०७७, शुक्रबार ०६:२०

ललितपुर जिल्ला प्रशासन कार्यालयले आज ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।

हिजो रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी ‘प्रजिअ’ नारायणप्रसाद भट्टका अनुसार, ललितपुर महानगरभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको क्षेत्रमा कर्फ्यू लगाइएको हो।

कर्फ्यूको समयमा आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्न रोक लगाइएको छ। स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा भने रोक लाग्ने छैन। त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*