हेटौंडामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । हेटौंडा उपमहानगथरपालिका क्षेत्रमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा ७ जना महिला र ८ जना पुरुष रहेका छन् ।
यही भदौ १६ गते स्वाब संकलन गरिएका ८१ जना मध्यमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।







