बुटवलमा कोरोना संक्रमित ७७ वर्षीया महिलाको मृत्यु

जनपत्र
१८ भाद्र २०७७, बिहीबार ०९:५७

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल आएकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ ७ बजेतिर अस्पताल आएकी महिलालाई जिन एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालको कोरोना विशेष अस्पताल र भिम अस्पताल भैरहवामा आइसियू बेड खाली नभएको कारण उनलाई फिवर क्लिनिकमै भर्ना गरिएको डाक्टर थापाले जानकारी दिए।

यो सँगै रुपन्देहीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*