यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कतका लागि २४ घण्टे चेतावनी

जनपत्र
१८ भाद्र २०७७, बिहीबार ०६:५१

आज ‘बिहीबार’ पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले ९बिहान साढे ६ बजे० पनि गण्डकी र कर्णालीका केही स्थानमा हल्का पानी परिरहेको छ। पूर्वी तराईका एक–दुई जिल्लामा घाम देखिएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया बदली ९घाम नलागेको, आकाश बादलले ढोकेको० छ।

दिउँसो देशका केही स्थान ९यो पूर्वदेखि पश्चिमसम्मै पर्छ० मा बदली रही केहि स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

‘आज दिनभर मौसम बदली नै रहने सम्भावना छ,’ मौसमविद् प्रधानांगले बिहीबार बिहान नेपालखबरसँग भने, ‘खासगरी दिउँसोपछि पानी पर्ने सम्भावना छ, काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।’ यस्तै राति पनि देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टा ९शुक्रबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ– बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*