मकवानपुरमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१७ भाद्र २०७७, बुधबार १६:०४

हेटौंडा । मकवानपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । संक्रमित मध्यमा ७ जना महिला र १५ जना पुरुष रहेका छन् ।

एक जना मकवानपुरगढीका र एक जना हेटौंडामा कार्यरत जिल्ला बाहिर घर भएका रहेका छन् । अरु २० जना हेटौंडाका संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक भोला चौला चौलागाईले वताउनुभयो ।

यही भदौ १५ गते हेटौंडाको कर्रामा रहेको स्वाब संकलन केन्द्रबाट १ सय १८ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु मध्यमा २२ जना कोरोना संक्रमित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*