बागमती प्रदेशमा माक्स नलगाउने ५५ हजार जनालाई कार्बाही, १२ लाख जरिवाना

प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने १४ हजार ६ सय १० वटा सवारीका साधन कार्बाहीमा ।
जनपत्र
१७ भाद्र २०७७, बुधबार ०८:२५

हेटौंडा । बागमती प्रदेशको १० जिल्लामा माक्सको प्रयोग नगर्ने ५५ हजार ५ सय ६९ जनालाई प्रहरीले कार्बाही स्वरुप सडकमा होल्ड गरेर सम्झाइ बुझाइ पठाएको छ । काठमाण्डौ उपत्यका भन्दा बाहेकका १० जिल्लामा प्रदेश प्रहरी कार्यालय हेटौंडाको निर्देशनमा ५५ हजार जना भन्दा धेरै जनालाई कार्बाही गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बडीरहेको समयमा समेत बजार वा गन्तव्यमा निस्कदा माक्स नलगाउनेलाई सम्झाउने काम गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले वताउनुभयो ।

माक्सको प्रयोग नगर्ने ११ हजार ९ सय २७ जनालाई ड्युटीमा खटिएका प्रहरीले माक्स लगाएर छोडेका छन् । प्रहरी आफैले खरि गरेको र बिभीन्न निकायबाट प्राप्त माक्स वितरण समेत गरिएको हो । कोरोनाबाट बच्नका लागि माक्सले पनि केही हदसम्म काम गर्ने स्वाथ्यकर्मीहरु वताउँछन् । माक्सको प्रयोग नगर्ने र केही सवारीमा चढेर आएकाहरु समेत गरी एक सय रुपैयाँका दरले जरिवानाबाट हाल सम्म १२ लाख ६६ हजार रुपैयाँ जरिवाना संकलन गर्न सफल भएको डिआइजी लामाले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने ६ हजार २ सय ४६ जना व्यक्तिलाई सम्झाएर पठाइएको उहाँले वताउनुभयो । त्यसैगरी निषेधाज्ञाको अवज्ञा गर्ने १४ हजार ६ सय १० वटा सवारीका साधनलाई कार्बाही गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*