हेटौंडाको गौरीटार आइसोलेसनमा अनुगमन

जनपत्र
१६ भाद्र २०७७, मंगलवार १९:३८

हेटौंडा । हेटौंडाको गौरीटार रंगशालामा अस्थायी रुपमा निर्माण गरिएको आइसोलेसनको अनुगमन गरिएको छ । आइसोलेसनको अवस्थाका विषयमा राष्ट्रिय समावेसी आयोगका कार्यबाहक अध्यक्ष विष्णु ओझा र नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठले अनुगमन गर्नु भएको हो ।

कोरोना संक्रमितलाई राखिएको स्थान, भान्सा र वरपरको क्षेत्रको अनुगमन गरिएको नेकपा मकवानपुरका नेता श्रेष्ठले वताउनुभयो । अनुगमनका क्रममा उहाँहरुले कोरोना संक्रमितको अहिलेको अवस्था, परेका समस्याका बारेमा बुझ्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*