हेटौंडाका कोरोना संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधि घरघरमा

जनपत्र
१६ भाद्र २०७७, मंगलवार १९:३०

हेटौंडा । कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्नका लागि मकवानपुरका जनप्रतिनिधि घरघरमा ुग्ने गर्नु भएको छ । त्यही क्रममा आज जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा संक्रमितको अवस्था बुझ्नका लागि हेटौंडाका विभीन्न वडामा पुग्नु भएको हो ।

उहाँहरुले आज हेटौंडा २, ८ र ११ मा होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था बुझ्नका लागि पुग्नु भएको थियो । संक्रमितलाई नआतिन र घरमै रहेर पनि कोरोनालाई सजिलै जित्ने सकिने वताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*