हेटौंडामा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१६ भाद्र २०७७, मंगलवार १८:०६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज एकै दिन ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २९ जना हेटौंडाकै वासिन्दा र एक जना हेटौंडामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्यमा १८ जना पुरुष र १२ जना महिला रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यही भदौ १३ गते संकलन गरेको स्वाब संकलनको रिपोर्ट आज सार्वजनिक भएको हो ।

कुल २ सय ७५ जनामा संकलन गरिउको संकलनमा २ सय ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको चौलागाईले वताउनुभयो । पछील्ला दिनहरुमा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा भन्दा पनि हेटौंडामा कोरोना संक्रमित देखा परेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १ का ३ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का ८ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ७ का ३ जना रहेका छन् । यसैगरी वडा नम्बर ८ का १ जना, वडा नम्बर १० का ४ जना, वडा नम्बर ११ का ३ जना र भक्तपुर घर भई कामको सिलसिलामा हेटौंडामा बस्दै आएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बस्दै आएका ५ जनाको पनि कोरोना पोजिटिभ आएको निरीक्षक चौलागाईले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको हेटौंडाको वडागत रिपोर्ट यस्तो छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*