हेटौँडाको एक उद्योगमा कार्यरत ११ जना मजदुरमा कोरोना पुष्टि

जनपत्र
१६ भाद्र २०७७, मंगलवार १७:१९

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको एक उद्योगमा कार्यरत ११ जना मजदुरमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिका भित्र रहेको बहुराष्ट्रिय कम्पनी बर्जर पेन्टमा कार्यरत ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितहरुलाई हेटौैँडाको होटल सुर्याशमा राखिएको छ । काठमाण्डौँको विएनबी अस्पतालको टोलीले गरेको परिक्षणको क्रममा ११ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिषक भोला चौलागाईले जानकारी दिनुभयो । होटलमा कोरोनाको शंकास्पद थप १४ जनालाई समेत राखिएको उहाँको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*