हेटौंडामा मुस्लिम युवा समाजद्वारा खाद्यन्न वितरण
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारबाट संचालनमा आएको फुड बैंकलाई मुस्लिम युवा समाजले आज खाद्यान्न सामग्री सहयोग गरेको छ ।
मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालन गरेको फुड बैंकलाई आज समाजले १० बोरा चामल सहित दाल, नुन, तेल, मसला लगाएतको खाद्यन्न सहयोग गरेको हो । कोरोना संक्रमणको कारण दैनिक गुजरा टार्न समेत समस्या भएकाहरुको लागि भनेर सञ्चालनमा आएको फुडबैंकलाई आफुहरुले पनि केहि सहयोग गरेको मुस्लिम युवा समाजका सस्थापक अध्यक्ष्य समिम खानले बताए ।
मुस्लिम समाज लगायत समाजसेवी युवाहरुको उपस्थितिमा फाउण्डेशनका सचिवालय सदस्य शिवहरी दाहाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेकपा जिल्ला सचिवाल सदस्य नविन सिग्देल, मुस्लिम समाजका अध्यक्ष मोहमद सफिक मियाँ, युवा संघ मकवानपुरका अध्यक्ष संतोष चौलागाईं, नेपाल बुद्धिचाल सङ्घका सचिव धरम बहादुर लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष शाही, नरेन्द्र , नेकपाका युवा नेताहहरुभण्डारी, किसन घिसिङ, विशाल पौडेल, विश्वराज राई, कृष्ण लामिछाने, दिपेन्द्र चन्द ठकुरी लगायत युवा समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।
“हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सहित सुरु भएको बैंक हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को कपुर कमप्लेक्स परिसरमा रहेको छ ।






