बागमती प्रदेशमा प्रहरीका कुनैपनि गुनासा स्थानीय तह मार्फत राख्न सकिने
हेटौंडा । बागमती प्रदेशमा प्रहरी सम्वन्धी कुनैपनि खालका गुनासाहरु स्थानीय तह मार्फत आम नागरिकले राख्न सक्ने भएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफ्ना मातहतका १० जिल्लामा रहेका स्थानीय तह मार्फत प्रहरीका कुनैपनि गुनासा, उजरीहरु गर्न सक्ने व्यावस्था गर्न लागिएको हो ।
यसअघि प्रहरीका गुनासा राख्नका लागि उजुरी पेटीका राखिएपनि उजुरी पेटीकामा खासै गुनासाहरु नआउने गरेकाले अव स्थानीय तह मार्फत गुनासा संकलन गर्न लागिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो । पहिलो चरणमा प्रदेशका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गुनासो पेटीका प्रदेश प्रहरी कार्यालयले राख्ने छ । त्यसमा आम नागरिकले गरेका गुनासाहरु प्रदेश प्रहरीमा पुग्ने व्यावस्था मिलाउन लागिएको हो ।
सबै गुनासा संकलन गरेपछी जिल्ला प्रहरीले संबोधन गर्ने गुनासा जिल्ला प्रहरीमा पुर्याउने र प्रदेशले हेर्नुपर्ने प्रहरीका गुनासा प्रदेश प्रहरीले संबोधन गर्नेगरी काम गर्न लागिएको डिआइजी लामाले वताउनुभयो । दोस्रो चरणमा भने गाउँपालिका स्तरमा पनि गुनासो पेटीकाहरु राख्ने तयारी छ । आम नागरिकले सजिलैसंग गुनासा राख्न सकुन भन्ने उदेस्यले यसरी काम गर्न लागिएको उहाँले वताउनुभयो ।






