चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७०० बढी

जनपत्र
१६ भाद्र २०७७, मंगलवार ०७:४३

चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट सोमबार राति प्राप्त रिपोर्टमा थप ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ।

उनीहरुमध्ये ३१ जना भरतपुर महानगरपालिका भित्रका छन्।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीकाअनुसार यहाँ गरिएको परीक्षणमा चितवनका १५ र अन्य जिल्लाका पाँच जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

चितवनका नयाँ संक्रमितहरू १८ देखि ६५ वर्ष उमेर समूहका छन्। भरतपुर अस्पताल र पुष्पाञ्जलीबाट उनीहरुको स्वाब संकलन गरिएको हो।

यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकामा तीन जना थपिएका छन्।

राप्ती–८ र ९ का २६ वर्षीय पुरुष र २५ वर्षीया दुई जना महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरूको राप्तीको क्वारेन्टिन र भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

त्यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*