मकवानपुरमा एकै दिन ६८ जनाले कोरोनालाई जिते, आइसोलेसनमा संक्रमितको चाप कम
हेटौंडा । मकवानपुरमा आज एकै दिन ६८ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । कोरोना संक्रमण भएका कारण हेटौंडाको गौरीटार आइसोलेसनमा रहेका ३५ जना आजै डिस्चार्ज भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । अरु होम आइसोलेसनमा रहेकाहरुले कोरोनालाई जितेका हुन् ।
कोरोनालाई जित्नेहरु अधिकांश हेटौंडाका छन् । कोरोना संक्रमितले खचाखच भरीएको गौरीटारको आइसोलेसनमा पनि अहिले संक्रमितको चाप निकै कम भएको त्यहाँ कार्यरत कर्मचारीले वताएका छन् । पहिले धेरै कोरोना संक्रमित र खेलकुलको होस्टलका लागि निर्माण गरिएको भवनमा कोरोना संक्रमित राख्ने आइसोलेसन बनाउँदा निकै समस्या भएको थियो । अव भने त्यो समस्या समाधान तर्फ गएको छ ।







