भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी रहेनन्
काठमाण्डौ – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो ।
उहाँकाे मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको थियो । गएकाे अगस्ट १० मा मुखर्जीले ट्वीट गर्दै आफूमा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे बताउनुभएकाे थियाे ।
शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुग्नुभएकाे थियाे र आर एण्ड आर अस्पतालले हरेक दिन उहाँकाे स्वास्थ्यकाे बारेमा जानकारी दिइरहेकाे थियाे ।
साेमबार साँझ पाैने ६ बजेतिर राष्ट्रपति प्रणब मुखर्जीका छाेरा तथा पूर्वसांसद् अभिजीत मुखर्जीले ट्वीट गर्दै उहाँकाे निधनकाे पुष्टि गर्नुभएकाे हाे ।
उहाँले ट्वीटमा भन्नुभएकाे छ, ‘आरआर अस्पतालकाे पूरा काेसिस, भारतीय नागरिककाे प्रार्थनाकाे बाबजुद मेरा पिता श्री प्रणब मुखर्जी हामीमाझ रहनुभएन । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’






